|
२०८२ माघ २७
काठमाडौँ। आईसीसी मेन्स टी–२० विश्वकपमा भारतसँग नखेल्ने निर्णयबाट पछि हट्दै पाकिस्तान खेल्न सहमत भएको छ। अब भारत–पाकिस्तानबीचको खेल फेब्रुअरी १५ मा श्रीलंकाको कोलम्बोमा तय समयमै हुनेछ।
पाकिस्तान सरकारले मित्र राष्ट्रहरूको आग्रह र छलफलपछि क्रिकेटको भावना जोगाउन यो निर्णय लिएको जनाएको छ। आईसीसी र पाकिस्तान क्रिकेट बोर्डबीचको वार्ता सफल भएपछि सबै सदस्य राष्ट्रहरूले प्रतियोगिताप्रति प्रतिबद्धता जनाएका छन्।
यसअघि बंगलादेशलाई लिएर उठेको विवाद पनि समाधान भएको छ र उसमाथि कुनै कारबाही नहुने निर्णय गरिएको छ। अब क्रिकेटप्रेमीहरूले विश्वकपको सबैभन्दा प्रतिक्षित भारत–पाकिस्तान भिडन्त हेर्न पाउने भएका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्