निर्वाचन सुरक्षाका लागि आजदेखि चार सुरक्षा निकाय परिचालन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २१

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आजदेखि नेपाली सेनासहित चारवटै सुरक्षा निकाय देशभर परिचालन भएका छन्। सरकारद्वारा स्वीकृत एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अनुसार सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग समन्वयात्मक रूपमा खटिएका हुन्।

निर्वाचन सुरक्षामा नेपाली सेनाले बाहिरी घेराको जिम्मेवारी लिनेछ भने मतदानस्थलको भित्री सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन्। सशस्त्र प्रहरीले दोस्रो सुरक्षा घेरा सम्हाल्नेछ। सेनाले मतपत्र छपाइ, ढुवानी, मतदानस्थल तथा मतगणनास्थलको सुरक्षासम्म तीन चरणमा जिम्मेवारी निर्वाह गर्नेछ।

देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। यस निर्वाचनका लागि करिब ८० हजार सेना, ७७ हजार प्रहरी, ४९ हजारभन्दा बढी सशस्त्र प्रहरी तथा ठूलो संख्यामा निर्वाचन प्रहरी परिचालित हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *