हिमपातको जोखिमबीच मुस्ताङमा निर्वाचन तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २१

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मुस्ताङमा ३९ वटा मतदान केन्द्र तोकिएका छन् । सुरक्षा अवस्था सामान्य रहे पनि सम्भावित हिमपातले मतदान प्रक्रियामा असर पार्न सक्ने प्रशासनको आकलन छ ।

विशेषगरी साङ्ता मतदान केन्द्रतर्फ जाने सडकमा बाक्लो हिउँ जमेकाले यातायात अवरुद्ध छ । आवश्यक परे मतदानअघि डोजर प्रयोग गरी सडक खुलाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताइन् ।

मतदाताको सहजताका लागि केही मतदानस्थल गाभ्ने तथा थप गरिएको छ । जिल्लामा ११ हजार ३२८ मतदाता रहेका छन् । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *