आजको राशिफल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १५

मेष
आज आत्मविश्वास मजबुत रहनेछ। नयाँ योजना बनाउने अवसर मिल्नुका साथै विशेष व्यक्तिसँगको भेटले मन खुसी बनाउनेछ। स्वास्थ्य पनि राम्रो रहने संकेत छ। शुभ रंग केशरी रातो र शुभ अंक १।

वृष
खर्च बढ्न सक्ने भएकाले आर्थिक पक्षमा संयम अपनाउनु उचित हुनेछ। विवादबाट टाढा रहनु लाभदायी हुनेछ। पारिवारिक र सामाजिक सम्बन्धमा ध्यान दिनु आवश्यक छ। शुभ रंग आकाशी र शुभ अंक ६।

मिथुन
साथी वा सहकर्मीको साथले काममा सफलता मिल्नेछ। खानपानमा सावधानी अपनाउनुपर्ने देखिन्छ। परिवारसँग बिताएको समयले मानसिक शान्ति मिल्नेछ। शुभ रंग हरियो र शुभ अंक ५।

कर्कट
जिम्मेवारी पूरा गर्दा मान–सम्मानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा स्थायित्व र प्रगति देखिनेछ। व्यवहारमा शिष्टता अपनाउँदा पारिवारिक वातावरण सुखद रहनेछ। शुभ रंग सेतो र शुभ अंक २।

सिंह
नोकरी वा पेशामा राम्रो अवसर प्राप्त हुन सक्छ। पदोन्नति वा सकारात्मक नतिजाको योग छ। सहकार्यमा काम गर्दा लाभ हुनेछ। शुभ रंग पहेलो र शुभ अंक १।

कन्या
आज स्वास्थ्य र मानसिक सन्तुलनमा ध्यान दिनु आवश्यक छ। अनावश्यक यात्रा टार्नु बुद्धिमानी हुनेछ। सामाजिक छवि जोगाएर अघि बढ्नुहोस्। शुभ रंग नीलो र शुभ अंक ५।

तुला
मित्रता र सहकार्य आजको मुख्य आधार बन्नेछ। पारिवारिक र सामाजिक सम्बन्ध सन्तुलनमा राख्दा फाइदा हुनेछ। स्वास्थ्यप्रति सजग रहनुहोस्। शुभ रंग गुलाबी र शुभ अंक ६।

वृश्चिक
काममा प्रगति र सफलता मिल्ने संकेत छ। मानसिक ऊर्जा उच्च रहे पनि शारीरिक थकान महसुस हुन सक्छ। छोटो यात्राबाट लाभ मिल्न सक्छ। शुभ रंग कलेजी र शुभ अंक ९।

धनु
नयाँ योजना आज लाभदायी बन्नेछ। परिवार र साथीभाइसँग बिताएको समयले उत्साह थप्नेछ। निर्णय गर्दा अनुभवीलगायतको सल्लाह लिनु उचित हुनेछ। शुभ रंग पहेलो र शुभ अंक ३।

मकर
घरपरिवारसँग समय बिताउने अवसर मिल्नेछ। विद्यार्थीहरूका लागि अध्ययनमा सफलता प्राप्त हुने योग छ। आराम र विलासिताप्रति आकर्षण बढ्न सक्छ। शुभ रंग हरियो र शुभ अंक ८।

कुम्भ
सामाजिक सहयोगबाट फाइदा मिल्नेछ। मातृपक्षसँगको सम्बन्ध अझ सुदृढ हुनेछ। प्रेम सम्बन्धमा मधुरता बढ्ने संकेत छ। शुभ रंग खैरो र शुभ अंक ४।

मीन
आर्थिक लाभका अवसर प्राप्त हुन सक्छन्। बोली र व्यवहार सन्तुलित राख्दा सफलता मिल्नेछ। स्वास्थ्यप्रति सचेत रहँदै काम अघि बढाउनु उपयुक्त हुनेछ। शुभ रंग निलो र शुभ अंक ७।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *