|
२०८२ माघ ११
पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत आज आइतबार ४ खेल हुँदैछन् ।
पोखरा रंगशालामा बिहान साढे ८ बजे महिलातर्फ एपीएफ र न्यू डायमण्ड भिड्नेछन् । त्यसपछि महिलातर्फ नै नेपाल पुलिस क्लब र थाइल्यान्ड क्विन्सबीच प्रतिस्पर्धा हुनेछ ।
पुरुषतर्फ पहिलो खेलमा एपीएफ र पर्वत भलिबल संघ आमनेसामने हुनेछन् भने दोस्रो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने तालिका छ ।
माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्