|
२०८२ पुष २५
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज केन्द्रीय सदस्यहरूको भेला गर्दैछ । भेला बिहान साढे १० बजे नयाँ बानेश्वरमा हुने र शीर्ष नेताहरूलाई सहभागी नगराइने बताइएको छ ।
संस्थापन पक्षबाट निर्वाचित २५ केन्द्रीय सदस्यहरू भेलामा सहभागी हुनेछन् । यसअघि उनीहरू निर्वाचनअघि महाधिवेशन गर्न नहुने अडानमा रहेका थिए ।
यसैबीच, संस्थापन पक्षले २७ पुसमा युवा भेला आयोजना गर्ने भएको छ । ‘आमनिर्वाचन, १५औँ महाधिवेशन र युवाको भूमिका’ विषयक भेला बिहान साढे ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा हुनेछ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्