एमालेका पूर्व इकाई सचिव मनोज खड्का नेपाली कांग्रेसमा प्रवेश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ४

काठमाण्डौँ । गोदावरी नगरपालिका वडा नम्बर १३ का नेकपा एमालेका पूर्व इकाई सचिव मनोज खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

अनेरास्ववियु अखिल तथा युवा सङ्घमा विभिन्न जिम्मेवारी सम्हालिसकेका खड्काले नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार तथा नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले आज घरदैलो कार्यक्रमका क्रममा खड्कालाई पार्टीमा स्वागत गरेका हुन् ।

यस अवसरमा सहमहामन्त्री राणाले खड्का जस्ता सक्रिय र जिम्मेवार युवा नेताको कांग्रेस प्रवेशले पार्टीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे। उनले खड्काजी लगायत पार्टीमा प्रवेश गर्ने सबै साथीहरूलाई पार्टीभित्र उनीहरूको क्षमता र अनुभवअनुसार उचित जिम्मेवारी र अवसर प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *