राजनीति कुनै एक पुस्ताको मात्र विषय हुन सक्दैन : शंकर पोख्रेल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १७

काठमाडौं, आश्विन १७ –नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले राजनीति र समाज व्यवस्थामा पुस्तागत संयोजन आवश्यक रहेको बताएका छन्। पूर्वीय दर्शनले समाजलाई चार पुस्ताको संयोजनका रूपमा हेर्ने उल्लेख गर्दै उनले एमालेले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनलाई अघि सारेको दाबी गरेका छन्।

पोख्रेलका अनुसार, कुनै पनि समय देखिने असन्तोष र विद्रोह स्वाभाविक भए पनि समाज र राजनीतिले नयाँ पुस्ताको ऊर्जा र आकांक्षालाई सम्बोधन गर्नुपर्छ। तर, भविष्यको बाटो नयाँ पुस्ताको सोच र ऊर्जा मात्रका आधारमा तय गर्नु भ्रम हुन सक्ने उनले प्रस्ट पारेका छन्।

उनले लेखेका छन्, “राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय होइन, हुन सक्तैन। खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा हुन्छ। तर समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई समेत सम्बोधन गर्ने प्रयास गर्नुपर्छ।”

पोख्रेलको भनाइ अनुसार, पुस्तागत संयोजन बिना सन्तुलित राजनीतिक नेतृत्व सम्भव छैन। नयाँ पुस्ताको योगदान महत्वपूर्ण भए पनि, पुराना पुस्ताको अनुभव र मार्गदर्शन पनि उत्तिकै आवश्यक रहेको उनले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Alice2849

    October 3, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *