गृहमन्त्री रमेश लेखकले राजीनामा दिए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २३

काठमाडौं। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन्।

सोमबार भएको जेनजीहरूको हिंसात्मक प्रदर्शनमा १९ जनाले ज्यान गुमारपछि उक्त घटनाको नैतिक जिम्मेवारी लिने भन्दै लेखकले राजीनामा दिएका हुन्।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विवरण संकलनको काम भइरहेको र हालसम्म प्रहरीबाट १९ जनाको मृत्यु र दुई सय जना हाराहारीमा घाइते भएको जानकारी आएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *