म नेता बन्न होइन, देश बदल्न आएको हुँ : लेखजंग थापा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १८

काठमाडौं : रुपन्देही क्षेत्रनम्बर ३ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले देशमा कति ठुलो राजनीतिक सुनामी आउने दाबी गरेका छन् ।

थापाले पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कागजात सार्वजनिक गर्दै लेखेका छन्,‘म नेता बन्न होइन, देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ । त्यो रूपान्तरणमा म बल हुन चाहन्छु, कमजोरी होइन । यो देशमा कति ठुलो राजनीतिक सुनामी आउँदै छ रुपन्देहीले सुनाउँदै छ ।’

मंगलबार थापाले पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कागजात सार्वजनिक गरेका छन् । डा. थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा सम्बन्ध विच्छेद गरी मिलापत्र गरेको कागज सार्वजनिक गरेका हुन् ।

थापाले सामाजिक सञ्जालमा प्रमाणहरु राख्दै आफ्नो पारिवारिक जीवन गैरकानूनी र समस्याग्रस्त नभएको बताएका हुन् । उनले सम्बन्धविच्छेद भएकी पत्नीबाट जन्मिएको एक सन्तान रहेको र उसको भविष्यलाई ध्यानमा राख्दै दुवै अभिभावकले सौहार्दपूर्ण सम्बन्ध कायम गरिरहेको बताएका छन् । भनेका छन्, ‘म नेता बन्न होइन, देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ । त्यो रूपान्तरणमा म बल हुन चाहन्छु, कमजोरी होइन । यो देशमा कति ठुलो राजनीतिक सुनामी आउँदै छ रुपन्देहीले सुनाउँदै छ ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *