नाउपाको राष्ट्रिय भेलामा रञ्जिता अनुपस्थित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण १४

काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेला काठमाडौंको नयाँ बानेश्वरमा चलिरहेको छ । केही बेरअघि सुरू भएको राष्ट्रिय भेलामा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय र अध्यक्ष रञ्जिता श्रेष्ठमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने जनाइएको छ ।

अध्यक्ष श्रेष्ठ भने राष्ट्रिय भेलामा अनुपस्थित भएकी छन् । पोखराको लिचीबारी जग्गाको घुसकाण्डमा मुछिएपछि उनले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक तोकेर पार्टीको जिम्मेवारीबाट हटेकी छिन् ।

२०८० पुस मसान्तमा नाउपाले पहिलो महाधिवेशन गर्दै अध्यक्ष रेशम चौधरी बनाएको थियो । तर निर्वाचन आयोगले वैधता दिन अस्वीकार गरेको थियो । नाउपा श्रेष्ठ नेतृत्वको पुरानै २१ सदस्यीय कमिटीमा फर्किएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *