काठमाण्डौँ । भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनको मागलाई ‘बटमलाइन’ बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले आफूलाई अन्तिमसम्मै साथ दिने विश्वास व्यक्त गरेको छ ।
अर्को विपक्षी दल एकीकृत समाजवादी गृहमन्त्री रमेश लेखकलाई संसद्मा बोल्न दिनुपर्छ भन्ने पक्षमा उभिए पनि माओवादीले भने साथ नछाड्नेमा रास्वपा विश्वस्त देखिएको हो ।
भिजिट भिसा प्रकरणमा रास्वपाले राजावादी पार्टी राप्रपालाई समेत आफूहरूको मागमा सहमत गराउने प्रयत्न गरेको छ । एकीकृत समाजवादी पहिलो दिनको बैठकबाटै गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने पक्षमा उभिएपछि रास्वपाले राप्रपा लगायतका दलहरूसँग पनि साथ माग्ने भएको हो । राप्रपा आफैँ राजसंस्था र हिन्दु राष्ट्र फर्काउने आन्दोलनमा केन्द्रित छ ।
रास्वपाले गृहमन्त्रीको राजीनामाबाट कुनै हालतमा पछि नहट्ने जनाएको छ । माओवादीसँग पनि आफूहरूको आन्तरिक कुरा भइरहेको पनि रास्वपाले जनाएको छ ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्