रविको मुद्दामा भएको त्रुटि सर्वोच्चले सच्यायो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ ११

काठमाण्डौँ । सर्वोच्च अदालतले राष्ट्रि स्वतन्त्र पार्टी (रास्‍वपा) सभापति रवि लामिछानेको मुद्दामा भएको त्रुटि सच्याएको छ । अदालतले गत शुक्रबार गरेको गरेको निर्णयमा आदेश हुनुपर्ने ठाउँमा फैसला लेखेको उल्लेख गरेको थियो । उक्त त्रुटि आइतबार (आज) सच्याएको हो ।

शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामै राख्न आदेश दिएको थियो तर, उक्त आदेशको पूर्णपाठमा फैसला उल्लेख थियो । पुन : सुवेदी र ढकालकै इजलासले उक्त आदेश सच्याएको हो ।

‘अदालतबाट जेठ ९ मा भएको आदेशको शिर खण्डको चौथो हरफमा ‘आदेश’ हुनुपर्नेमा टाइप गर्दा भुलवश फैसला हुन गएकोले न्याय प्रशासन ऐन, २०७३ दफा १८ ९३० बमोजिम संशोधन गरी पाऊँ भनी प्रतिवेदन प्राप्त भएको देखिन्छ,’ सर्वोच्चको आदेशमा भनिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *