×

रवि र छविको सुनुवाइ सकियो, आदेश आउन बाँकी

जेष्ठ १०, २०८२ | दाक्सु मिडिया

काठमाण्डौँ । सर्वोच्च अदालतले रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएको छ ।

गत मंगलबारदेखि न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा शुक्रबार सुनुवाइ सकिएको छ । अब यो रिटमा आदेश आउन बाँकी छ ।

आज रवि लामिछाने र छविलाल जोशीविरुद्ध जाहेरी दिएका कानुन व्यवसायीहरूले बहस गरेका थिए ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले शुक्रबार बहस गरेका थिए । लगत्तै रवि र छविका कानुन व्यवसायीहले जवाफी बहस गरेका थिए ।

अधिवक्ताहरू सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठ र सतिषकृष्ण खरेलले जवाफी बहस गरेका थिए । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो ।

त्यो आदेशपछि रुपन्देही जिल्ला कारागारमा उनी थुनामा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: