×

नेपाल सरकार र थाइल्यान्ड सरकारबिच सांस्कृतिक र पर्यटन सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

चैत्र १९, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । नेपाल सरकार र थाइल्यान्ड सरकारबिच सांस्कृतिक र पर्यटन सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा भएको कार्यक्रममा नेपालको तर्फबाट परराष्ट्रमन्त्री आरजु राणा देउवा र थाइल्यान्डका विदेशमन्त्री हस्ताक्षर गरेका छन् । त्यस्तै नेपालका उद्योगी र त्यहाँका उद्योगीबिच केही सम्झौता भएका छन् ।

सम्झौताले नेपाल–थाइल्यान्ड सम्बन्धलाई सुदृढ बनाउने विश्वास रहेको परराष्ट्रमन्त्री देउवाले बताएकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: