
काठमाण्डौँ । नेकपा एमालेका प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले केही दिनयतादेखि राजावादीहरुले संविधानविरोधी गतिविधि गरेको भन्दै सरकारको ध्यानाकार्षण गराएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्रकै उक्साहटमा जनता सडकमा आएका र त्यहाँ संविधानविपरीत र राष्ट्र हितविपरीतका गतिविधि भएको बताएका हुन् ।
उनले भने, ‘पछिल्लो केही दिनदेखि पूर्वराजा ज्ञानेन्द्रको नामबाट, उहाँको निर्देशनबाट, उहाँको उक्साहटबाट समाजमा संविधानविपरीतका कार्यहरु भइरहेका छन् । पञ्चायतकालीन राष्ट्रि गान गाउने, मुलुकको राष्ट्रिय गानको अपमान गर्ने, यस खालका संविधानविरोधी गतिविधिहरु भइरहेका छन् । यी सबै कामहरु गर्न पूर्वराजा ज्ञानेन्द्र स्वयंले उक्साहट दिइरहेका छन्। उनको स्वयं आफ्नो उपस्थिति रहेको छ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया