मैले सरकारमा हुँदा पनि र बाहिर गएपछि पनि एउटै कुरा गरेको छु : प्रचण्ड

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष १९

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई जवाफ फर्दाकाउँदै आफू सरकारमा हुँदा पनि र बाहिर गएपछि पनि एउटै कुरा गरेको बताएका छन्।

शुक्राबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। केसीले आम जनतामा निराशा, अविश्वास र आशंकाको स्थिति रहेको उल्लेख गर्दै सरकारमा हुँदा एउटा र सरकार बाहिर जाँदा अर्को कुरा नगर्न अध्यक्ष दाहाललाई सचेत गराएका थिए।

सोही क्रममा अध्यक्ष दाहालले पछिल्लो कार्यकालमा भ्रष्टाचारको विरुद्ध, सामाजिक विभेदको विरुद्ध र सुशासनको पक्षमा इमान्दारितापूर्वक देशलाई राहत दिने पक्षमा काम गरेको जिकिर गरे। उनले भने, ‘सरकारमा हुँदा एउटा कुरा, बाहिर हुँदा अर्को कुरा अर्जुनजीले पनि भन्नुभयो, महेशजीले पनि त्यसलाई अलिकति संकेत गर्नुभयो। म के भन्न चाहन्छु भने मैले कम्तीमा पनि पछिल्लो कार्यकाल मैले भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायको पक्षमा आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारितापूर्वक गरेँ। मैले सरकारमा हुँदा जे बोलेको थिएँ, जे गरेको थिएँ, अहिले बाहिर आउँदा पनि मैले त्यही बोलेको छु।’

दाहालले आफू भावुक रहेको र आफ्नो निष्ठा सफा रहेको बताए। उनले एकले अर्कोलाई दोषारोपण गरेर मात्रै हुँदैन भन्ने कुरामा आफू सहमत रहेको भनाइ राखे। ‘म अलि भावुक छु भन्ने नेपाली समाजले बुझिसकेको छ। तर नेरो नियत र निष्ठा सफा छ भन्ने कुरा अब बिस्तारै जनताले र सबै साथीले बुझ्दै जानुभएको छ। मैले अहिले पनि सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा हामी राम्रोसँग जानुपर्छ भन्ने कुरामा दुईमत छैन,’ उनले भने।

अध्यक्ष दाहालले स्वच्छ, निष्पक्ष पत्रकारिताका लागि पत्रकार महासंघले खबरदारी गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *