संगठन नभएपछि १८ स्थानमा रास्वपाले भेटेन उम्मेद्वार

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर ३
twitter sharing button

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न उपनिर्वाचनका लागि काठमाडौंसहितका धेरै स्थानमा उम्मेद्वारी दर्ता गराउन सकेन।

आन्तरिक तयारी नपुगेको र संगठनको अभावमा रास्वपाले झण्डै आधा स्थानमा उम्मेद्वार नभेटाएको हो। संगठन नभएको भन्दै रास्वपाले जिसस प्रमुख सहित १८ स्थानमा उमेद्वारी नदिएको जनाएको छ। उपनिर्वाचन हुन लागेका ४४ पदमध्ये रास्वपाले विभिन्न २६ पदमा मात्र उम्मेद्वारी दर्ता गराएको छ।

कैलाली र ओखलढुंगाको जिसस प्रमुखसहित, मेयर, गाउँपालिका अध्यक्ष र वडाअध्यक्ष पद सबै गरी १८ स्थानमा रास्वपाका उम्मेदवार छैनन्।ओखलढुंगाको जिसस प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराईको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन्।

कीर्तिपुर नगरपालिकाका मेयर पदमा र कीर्तिपुरकै वडानम्बर १ र ४ को अध्यक्षमा पनि रास्वपाले कसैलाई उठाएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *