बुटवल : रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा बयान लिन रवि लामिछानेलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ ।
गोरखा मिडियाको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा रविलाई प्रतिवादी बनाएर उनको बयान लिइएको हो । तर, रविले इन्कारी बयान दिएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक प्रहरी अधिकारीका अनुसार रविले आफ्नो नाम लेखेर कसले पैसा जम्मा गरिदियो भन्ने थाहा नभएको बताएका छन् ।
‘म सुप्रिमको सदस्य पनि होइन, ऋणी पनि होइन, कसले मेरो नाम लेखेर बैंकमा रकम जम्मा गरिदियो, त्यो मलाई थाहा भएन,’ रविले बयानमा भनेको कुरा उद्धृत गर्दै ती प्रहरी अधिकारीले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया