सहकारी ठगीमा संलग्नता छैन भन्दा पनि रविलाई पक्राउ गरियोः अधिवक्ता न्यौपाने

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक ६

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं अधिवक्ता यज्ञमणि न्यौपानेले रवि लामिछानेलाई गलत कानुनको प्रयोग गरी पक्राउ गरिएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगी प्रकरण छानविन गर्न बनेको संसदीय विशेष समितिले लामिछानेलाई सहकारी ठगीमा क्लिन चिट दिएको दाबी गरे ।

अब लामिछानेलाई कारबाही गर्नुपर्दा कम्पनी ऐनमात्रै आकर्षित हुने उनको दाबी छ । सहकारी ठगीमा लामिछानेलाई गलत कानुनको प्रयोग गरिएको उनले बताए । लामिछानेलाई पूवाग्रह राखेर गलत मुद्दामा फसाउन पक्राउ गरिएको उनले बताए ।

‘रवि लामिछानेले क्लियर भनेका छन्, मैले प्रबन्ध निर्देशकको हैसियतले चेकमा हस्ताक्षर गरेको हो । तर, मैले सहकारीको एक रुपैयाँ पनि पैसा लिएको छैन भनेर । सूर्य थापाको प्रतिवेदन पनि प्रष्ट छ,’– उनले भने ।

रवि लामिछानेविरुद्धको लगाइएको मुद्दा कर्पोरेट भेल र कर्पोरेट प्रिन्सिपलभन्दा बाहिर गएर हेरिएको खण्डमा देशका सबै संस्थाहरु धरापमा पर्ने उनले बताए । ‘यदि यो मुद्दालाई कर्पोरेट भेल, कर्पोरेट प्रिन्सिपलभन्दा बाहिर लगेर हेरियो भने भोलि जतिपनि संस्था छन्, ती सब धरापमा पर्छन् । त्यसरी राज्यको संयन्त्र विगार्न हुँदैन,’– उनले भने ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *