धनगढी : सुदूरपश्चिमको मुख्यमन्त्री बन्न नेपाली कांग्रेसभित्र हानथाप सुरु भएको छ । कांग्रेस प्रदेश संसदीय दलका नेता कमल शाहसहित ४ नेताले मुख्यमन्त्री बन्न लबिङ सुरु गरेपछि पार्टीभित्रको मुख्यमन्त्रीको दौड रोचक बनेको छ ।
मुख्यमन्त्री बन्नका लागि पूर्वभौतिक पूर्वाधारमन्त्री प्रकाश देउवा, बहादुर थापा र दिवानसिंह विष्ट मुख्यमन्त्रीका लागि लबिङ तिव्र बनाएका हुन् । प्रकाश कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा हुन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्दा संसदीय दल नेता आवश्यक नपर्ने भएकाले नेताहरू आफू बन्न लागिपरेका हुन् । केही नेताहरू भने पार्टीभित्रको विधि मिचिने भन्दै दलको नेतालाई नै मुख्यमन्त्री बनाउनु पर्ने भन्दै लागेका छन् ।
मुख्यमन्त्रीका आकांक्षी नेताहरू सभापति देउवालगायतका नेतालाई कन्भिन्स गर्न भन्दै काठमाण्डुमा बसिरहेका छन् । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार सुदूरपश्चिममा मुख्यमन्त्री कांग्रेसको भागमा परेको छ । दुई दल मिल्दा बहुमत पुग्ने भएकाले मुख्यमन्त्री बन्न धेरैले आकांक्षा देखाएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया