काठमाडौँ : सहकारीको बचत अपचलन, हिनामिना र ठगीको छानबिन गरिरहेको संसदीय विशेष समितिले पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाउने भएको छ ।
लामिछानेलाई रकम हिनामिनाको आरोप लागेको तत्कालीन गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाउन लागेको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।
उनले कानुन र कार्यविधिअनुसार समितिले अनुसन्धान गर्ने भन्दै सोधपुछका लागि समितिमा आउने हरेक व्यक्तिलाई दोषी प्रमाणित गरेर सोधपुछ गर्न नखोजेको बताए । ‘सोधपुछमा आउने हरेक व्यक्तिलाई दोषी प्रमाणित गरेर सोधपुछ गर्न खोजेका भने होइनौँ’, थापाको भनाइ छ ।
लामिछाने सूर्य दर्शन, सुप्रिम, स्वर्णलक्ष्मी र सहारा सहकारीको बचत रकम हिनामिनामा मुछिएको आरोप छ । ती सहकारीबाट उनले करोडौ रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको बताइन्छ । लामिछानेलाई सोधपुछ गर्ने भनिए पनि समय तय भैनसकेको समितिका एक सदस्यले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया