|
२०८१ असार ३१
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको शपथमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल गएनन् ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ ग्रहण समारोहमा प्राय: सबै शीर्ष नेता देखिँदा नेपाल नदेखिएका हुन् । कार्यक्रममा पूर्वप्रधानमन्त्रीको हैसियतमा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, बाबुराम भट्टराई पुगेका छन् ।
एमालेबाट अलग भएपछि माधव नेपाल अहिलेसम्म ओलीको कार्यक्रममा सहभागी भएका छैनन् भने दुई नेताहरूबीचको सम्बन्धमा अझै सुधार आउन सकेको छैन ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्