×

अर्थमन्त्री पुनलाई मन्त्रालयबाट बिदाइ

असार ३०, २०८१ | दाक्सु मिडिया

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनको बिदाइ गरिएको छ। गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत प्राप्त नगरेसँगै नयाँ सरकार प्रक्रिया अघि बढेको छ। त्यसअघि आइतबार मन्त्रीहरूको बिदाइ गरिएको हो। पुनले २०८० फागुन २३ गते जिम्मेवारी लिएका थिए र २०८१ असार ३० मा बिदाइ गरिएका हुन्।

बिदाइ समारोहमा अर्थ मन्त्रालयका कर्मचारीहरू, नेपाल राष्ट्र बैंकका गभर्नर, भन्सार विभागका प्रमुखहरू, आन्तरिक राजस्व विभागका महानिर्देशकहरू लगायतका उच्च अधिकारीहरूको उपस्थिति थियो।अर्थमन्त्रीको रूपमा पुनको यो दोस्रो कार्यकाल थियो। पहिलो कार्यकालमा उनले बजेट प्रस्तुत गर्ने अवसर पाएका थिएनन् भने यस पटक छोटो अवधिमा नै बजेट ल्याउन सफल भए।

आगामी आर्थिक वर्षका लागि उनले १८ खर्ब ६० अर्बको बजेट विनियोजन गरेका छन्। उनले लिएका कतिपय कर नीतिहरू भने आलोचना भएका छन्।

उनका कार्यकालमा आयकर ऐनको दफा ५७ संशोधन गरिएको थियो जसको प्रभावका विषयमा उनले स्पष्टीकरण दिएका थिए। बिदाइ समारोहमा मन्तव्य राख्दै पुनले आफ्नो कार्यकालमा सही नियतले काम गरेको र अर्थतन्त्र सुधारमा योगदान पुर्‍याएको बताएका थिए। उनले आफ्नो छोटो समयको कार्यकालमा अर्थतन्त्रलाई सुधार्ने प्रयासमा लागेको बताए।

उनको कार्यकालमा विभिन्न आर्थिक नीतिहरूको कार्यान्वयनमा विशेष योगदान रहेको सहभागीहरूको भनाइ थियो। पुनले विशेषगरी ठूलो बजेट ल्याउनु पर्ने दबाब थेगेर तुलनात्मक रूपमा सानो आकारको बजेट प्रस्तुत गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: