मन्त्रालय छाड्दै रविले भने: मैले बनाएका आधार नभत्कियोस्, प्रतिपक्षमा बसेर हेरिरहन्छु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ३०

काठमाडौँ : काम चलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो कार्यकालमा बनेका आधारहरू नभत्काउन अब बन्ने नयाँ सरकारलाई आग्रह गरेका छन्।

आइतबार गृह मन्त्रालयबाट बिदा हुँने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘जुन आधार बनाएका छौँ, त्यो नभत्कियोस्।’ साथै, उनले खबरदारी गर्ने निकाय नहुँदा शान्ति सुरक्षामा कुनै पनि प्रभाव नपरोस् भन्दै आग्रह गरेका छन्।

‘खबरदारी गर्ने निकाय नहुँदा, विशेषगरी भागबन्डामा गाँजिएको हाम्रो समाजमा शान्ति, सुव्यवस्था र अनुसन्धानमा कुनै प्रभाव नपरोस्,’ उनले भने।

आफू प्रतिपक्षमा बसेर यी घटनाहरूलाई नजिकबाट नियालिरहने बताए। ‘निर्मला पन्तको घटनामा अत्यन्तै नजिक पुगेका थियौँ,’ उनले भने।

उनले अघि भने, ‘कतिपय छानबिनका क्रममा थिए, फरार अभियुक्त पक्राउ परेका थिए। कयौँ कुराहरू बाहिर आएका थिए, सरकार परिवर्तनसँगै सामसुम छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *