सरकार आफैँ हुण्डी कारोबारमा संलग्न छ : प्रभु साह

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २४

काठमाडौँ : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार आफैँ हुण्डी कारोबारमा संलग्न रहेको आरोप लगाएका छन्। कालोधनलाई सेता बनाउन सरकारका मन्त्रीहरुनै कानूनले प्रतिवन्ध लगाएको हुण्डी कारोकारमा संलग्न रहेको उनको जिकिर थियो।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष साहले सरकारका मन्त्री, उच्च ओहोदाका कर्मचारी र ठूल्ठूला व्यापारिक घरानाले मिलेर हुण्डी कारोबारको सञ्जाल नै बनाएको उल्लेख गर्दै त्यसले मुलुकलाई आर्थिक रुपमा झनै बर्बाद बनाउने बताए। उनले हुण्डी कारोबारकै कारण राजश्व छली हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराए।

अध्यक्ष साहले भने, ‘हुण्डी कारोबारको बारेमा सरकारको दृष्टिकोण के छ, हामी जान्न चाहन्छौं। आज हुण्डी कारोबारले गर्दा देश खोक्रो भइसक्यो। अर्थतन्त्र तहसनहस छ। भ्रष्टाचार दिन दहाडै बढ्दो छ। हुण्डी कारोबार के नेपालमा नियन्त्रण गर्नैं नसकिने हो ? नेपालको कानूनले यसलाई ठूलो अपराध ठानेको छ। तर सरकारले यसलाई किन नियन्त्रण गर्न सक्दैन भनेर प्रश्न गर्न चाहन्छु।’ अध्यक्ष साहले बैंकहरु समेत हुण्डी कारोबारमा संलग्न देखिएको भन्दै आपत्ति जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *