४ हजारभन्दा बढी मत अन्तरले पछि परे सागर ढकाल

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर ६

डडेल्धुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका सागर ढकाल ४ हजारभन्दा बढी मत अन्तरले पछि परेका छन् ।

प्रतिनिधि सभातर्फ १९ हजार ५९६ मत गणना हुँदा प्रधानमन्त्री देउवाले ९ हजार ७७३ र ढकालले ५ हजार १९३ मत पाएका छन् । देउवा र ढकालबीचको मत अन्तर ४ हजार ५८० छ ।

नेकपा एमालेको समर्थन पाएका नेपाली कांग्रेस (बीपी)का उम्मेदवार कर्णबहादुर मल्लले २ हजार ६९४ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *