सप्तरीबाट मधेश प्रदेशसभामा जनमत पार्टीका यादव निर्वाचित

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर ६

सप्तरी । मधेश प्रदेशसभामा जनमत पार्टीले खाता खोलेको छ ।

सप्तरी-२ (२) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै विजयी भएका हुन् ।

उमेशले जम्मा ७ हजार २३ मत मात्र पाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *