आइतबार, मंसिर ४, २०७९
सोलुखुम्बुमा ५० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचनको कार्यालयका साहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखतीका अनुसार जिल्लामा करिब ५० प्रतिशत मत खसेको प्रारम्भिक तंथ्याक प्राप्त भएको उहाँले बताउँनुभयो ।
सबै स्थानीय तहबाट जानकारी नआएकाले स्थानीय तह अनुसार मत विवरण आउन बाँकी रहेको उहाँले बताउँनुभयो ।
जिल्ला १ सय २२ मतदान स्थल मा १ सय ३६ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लाका सबै मतदान केन्द्रमा विवादरहित मतदान सम्पनन भएको छ ।
मतदानमा सहभागी हुनमा बृद्धबृद्धादेखि युवाहरु समेत उत्साहका साथ मतदान केन्द्रमा पुगेका थिए । अहिले मचुल्का उठाउने र मतपेटिका संकलनको काम भइरहेको अधिकृत कालाखेतीले जानकारी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया