नेकपा एमाले सोलुखुम्बु–काठमाडौं सम्पर्क मन्चको बार्‍हौं सम्मेलन सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन २२

काठमाडौ । नेकपा एमाले सोलुखुम्बु–काठमाडौं सम्पर्क मन्चको बार्‍हौं सम्मेलन सम्पन्न भएको छ ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यामा शनिबार काठमाण्डौमाआयोजीत सम्मेलनले मन्चको ध्यक्षमा नन्दराज बास्तोला, महिला उपाध्यक्षमा रमिला केसी र उपाध्यक्षमा केशर श्रेष्ठ, सचिवमा दावा तामाङ, सहसचिव महिलामा सृष्टि कुलुङ र प्रवीण कार्की तथा कोषाध्यक्षमा गेल्जेन शेर्पा सर्वसमत निर्बाचित हुनुभएको छ ।

सदस्यहरुमा सोलुदुधकुण्ड नगरपालिकाबाट राजकुमार श्रेष्ठ, कुमारी बस्नेत, तिलक बहादुर खड्का, पसी शेर्पा, दिपेश श्रेष्ठ तथा नेचासल्यानबाट ज्योतिप्रसाद शर्मा, नन्दकुमार किराँती, रमेश निरौला, हरी आचार्य र पुनम ढुंगेल रहेका छन् ।
यसैगरी माप्यदुधकोशी गाउँपालिकाबाट तिलक खालिङ, ओम घिमिरे, टेकबहादुर खालिङ, प्रेम रेग्मीमगर, सोताङ गाउँपालिकाबाट सीता कार्की खत्री, झनक बहादुर कार्की, खम्ब बहादुर खत्री र महाकुलुङ गाउँपालिकाबाट तारादेवी राई, दिकु शेर्पा, जितेन्द्र कुलुङ राई, खड्ग नारायण राई निवार्चित भएका छन् ।

त्यसैगरी थुलुङ दुधकोशी गाउँपालिकाबाट पुष्पा राई, गणेश नेपाली, रामकाजी तामाङ, बिरुमान राई, पुर्ण सुनुवार, गार्डेन राई, बद्री मगर, लिखुपिके गाउँपालिकाबाट डम्बर बहादुर कार्की, पर्शुराम बस्नेत, खुम्बु पासाङल्हामू गाउँपालिकाबाट छेपाल दोर्जी शेर्पा, पेम्बादोर्जी शेर्पा, याङ्जी शेर्पा पनि सदस्यमा निर्बाचित भएका छन्।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य मानबीर राई, १ न प्रदेश संगठन कमिटीका सदस्य एबम् एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोला, प्रदेश १ संगठन कमिटी सदस्य महेश किराँती, कुमार राई, जिल्ला सदस्य किताव तामाङ, आङ्बाबु राई लगायतका अन्य नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *