|
२०७८ फाल्गुन १५
काठमाडौं: प्रतिनिधिसभा बैठक फेरि सुरु भएको छ। अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अनुमोदन गर्न बैठक फेरि सुचारु भएको हो। यसअघि प्रतिनिधिसभा बैठकमा एमसीसीको विषयमा सैद्धान्तिक छलफल भएको थियो। उक्त छलफललाई संसदले बहुमतले पारितसमेत गरेको थियो।
यस्तो छ कार्यसूची
संसद सचिवालयले प्रतिनिधि सभाको दोस्रो बैठकको कार्यसूचि सार्वजनिक गरेको छ। कार्यसूचिमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताको संसदमा छलफल गरियोस् भन्ने प्रस्ताव र अनुमोदन गरीयोस भन्ने प्रस्ताव पेशगर्ने उल्लेख छ।
यसअघि पहिलो बैठकले एमसीसी सैद्धान्तिक छलफललाई बहुमतले स्विकृत गरेको थियो। बैठकले १२ बुँदे ब्याख्यात्क घोषणा पनि पेश हुने छ। यो व्याख्यात्मक घोषणापत्रलाई बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो। आजै बस्ने बैठमले एमसीसी अनुमोदन गर्नेछ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्