एमसीसीका कारण दोबाटोमा प्रचण्ड : कुन बाटो रोज्लान् ?

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ २४

जस्तोसुकै कठिन परिस्थितिमा पनि कडा निर्णय गर्न सक्ने नेताका रुपमा चिनिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसबेला अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) का कारण दोबाटोमा उभिन आइपुगेका छन् ।

सार्वजनिक कार्यक्रम र समारोहमा एमसीसी सम्झौता संशोधनबिना अघि बढाउन नसक्ने बताउँदै आएका प्रचण्डले एमसीसी बोर्डलाई पठाएको लिखित पत्र सार्वजनिक भएपछि नैतिक बन्धनमा बाँधिँदै उनी दोबाटोमा उभिन पुगेका हुन् ।

देउवा र प्रचण्डले हस्ताक्षर गरेर पाँच महिनाअघि एमसीसीलाई पठाएको पत्रमा ‘एमसीसी पारित गर्ने तर त्यसका लागि समय चाहिने’ व्यहोरा उल्लेख छ । यस्तो पत्र सार्वजनिक भएपछि राजनीतिक वृत्तमा प्रचण्डले दोहोरो चरित्र देखाएको भन्दै आलोचना भइरहेको छ ।

गत असोजमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै अध्यक्ष प्रचण्डले संयुक्त हस्ताक्षर गरेर एमसीसी बोर्डलाई एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाएका थिए । तर, उक्त पत्र लामो समय गोप्य राखिएको थियो । जब अमेरिकाले समयसीमा तोकेर एमसीसी टुंगो लगाउन दबाब दिन थाल्यो, त्यसपछि प्रचण्ड थप अप्ठेरोमा पुगेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *