ललितपुरमा एमाले अधिवेशन : आज प्रतिनिधि छनोट

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष २०

ललितपुर : एमालेले आसन्न जिल्ला अधिवेशनका लागि जिल्लाभर मंगलबार प्रतिनिधि छनोट गर्ने भएको छ । एमाले जिल्ला सचिव पुरुषेत्तम आचार्यले सबै वडाहरूका भेलामार्फत मंगलबार प्रतिनिधि छनोट हुने बताए । ‘हामी भोलि (बुधबार) बैठक बसेर जनसंगठनबाट प्रतिनिधि सहभागीबारे निर्णय गर्छौँ,’ उनले भने । मंगलबार छनौट भएका प्रतिनिधि यही २५ गते सातदोवाटोस्थित ललितपुर पार्टी प्यालेसमा आयोजना हुने बन्दसत्रमा सहभागी हुनेछन् । जिल्ला अधिवेशनको उद्घाटन भने मंगलबजारस्थित दरबार परिसरमा हुँदै छ । उद्घाटन सत्रललाई शक्ति प्रदर्शनका रूपमा लिँदै एमालेले हरेक वडाबाट कम्तीमा एक सय जना सहभागी गराउन सकुर्लर गरेको छ । हरेक वडाबाट चार जना प्रतिनिधि आउनेछन् । २८३ जना जिल्ला सदस्य स्वतः प्रतिनिधि हुनेछन् । २५० जना सक्रिय सदस्य भएको वडाबाट चार जना प्रतिनिधि चुनिनेछन् भने प्रत्येक १०० बराबर एक जना थप प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन् । आचार्य ललितपुर एमालेका सचिव हुन् भने सञ्जेल प्रदेश सांसद हुन् । पहिले जिल्ला उपाध्यक्षसमेत रहेका सिलवाल गोदावरी नगरपालिकाको स्थानीय निर्वाचन पराजित भएका थिए ।  बुङमतीका गाविस अध्यक्षसमेत भएका महर्जन १० बुँदे सहमतिपछि जिल्ला पार्टीको सह संयोजक नियुक्त भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *