स्थानीय निर्वाचन समयमै हुनुपछ : प्रकाशमान सिंहले

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ ८

काठमाडौ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निर्वाचन समयमै हुनुपर्ने बताएका छन् ।

शनिबार डाक्टर मिता सिंहको पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिह’ सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिंहले स्थानीय तहदेखि संघीय निर्वाचन समयमै हुनुपर्ने बताए ।झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताले दिएको म्यान्डेडअनुसार काम गर्न नसकेको र संविधानविपरित गएर बाटो बिराइरहेको बेलामा संविधानलाई ‘ट्रयाक’मा ल्याउन गठबन्धन बनेको उनले स्मरण गराए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *