अघिल्लो सरकारले गरेका सबै निर्णय रोक्न राज्यमन्त्री श्रेष्ठको निर्देशन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ६

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले अघिल्लो सरकारले गरेको निर्णय रोक्न आफूले निर्देशन दिएको बताएका छन्। अस्पतालको निरीक्षणपछि उनले भरतपुरमै राष्ट्रिय क्यान्सर इन्स्टिच्युट बनाइने जानकारी दिँदै सो बताएका हुन्।

त्यसका लागि उनले स्वास्थ्य सचिव डा। रोशन पोखरेललाई अघिल्लो सरकारले गरेको निर्णय रोक्न निर्देशन समेत दिएको बताए। मन्त्री श्रेष्ठले क्यान्सर रोगसम्बन्धी अध्ययन र अनुसन्धान केन्द्रका रूपमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विकास गरिने उल्लेख गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पर्याप्त जमिन र भौतिक संरचना भएकाले इन्स्टिच्युट यही अस्पताल परिसरमा बनाउनुपर्नेमा जोड दिए।

उनले भरतपुरलाई छाडेर भक्तपुरमा इन्स्टिच्युट बन्न नसक्ने पनि बताए। सरकारले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई हेर्ने गरी अध्ययन, अनुसन्धानलगायत कामका लागि इन्स्टिच्युट भक्तपुर क्यान्सर अस्पतालमा राख्ने निर्णय गरेकामा चौतर्फी विरोध भइरहेको समयमा नवनियुक्त राज्यमन्त्री श्रेष्ठले भरतपुरमा इन्स्टिच्युट राख्ने बताएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *