मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र २०

काठमाडौं – मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा सुरु भएको छ । बिहान ९ बजेदेखि बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

बैठकमा विविध विषयमा छलफल भइरहेको छ ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएकाले यी लगायतका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयका प्रेस सल्लाहकार सूर्य थापाले पनि बैठक ९ बजे सुरु भएको र विविध विषयमा छलफल भइरहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *