समानुपातिक मतगणनामा हालसम्म साना दलले १ हजार मत कटाउन सकेनन्

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २५

काठमाण्डौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ झण्डै ८० लाख मतगणना सम्पन्न भइसक्दा केही राजनीतिक दलहरूको उपस्थिति निकै कमजोर देखिएको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार मुख्य दलहरूले लाखौँ मत बटुलिरहँदा केही साना दलहरूले भने १ हजार मत समेत पार गर्न सकेका छैनन् । कुल ७९ लाख ८९ हजार ८७७ मतगणना हुँदा ५ वटा दल १ हजार मतको आँकडाभन्दा तलै खुम्चिएका हुन् ।

यसरी न्यून मत पाउने दलहरूको सूचीमा सबैभन्दा माथि ’एकल चिन्ह जगर भएको सिंह’ लिएर चुनाव लडेका सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपाल रहेका छन् । यो संयुक्त समूहले हालसम्म ७८५ मत मात्रै प्राप्त गरेको छ । त्यसैगरी, जनप्रिय लोकतान्त्रिक पार्टीको अवस्था पनि उस्तै देखिएको छ । सो पार्टीले हालसम्म जम्मा ६४४ मत प्राप्त गरेको छ ।

मितेरी पार्टी नेपालले ५५८ मत बटुलेको छ भने उन्नत लोकतन्त्र पार्टीको पोल्टामा ४८३ मत मात्रै परेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *