ओखलढुंगाको मानेभन्ज्याङका मतदाताले गरेनन् मतदान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २१

काठमाडौँ । ओखलढुंगाको एक मतदान केन्द्रका मतदाताहरुले मतदान बहिस्कार गरेका छन् ।

जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ को टोक्सेलस्थित मतदान केन्द्रमा मतदाताहरू मतादनमा सहभागी नभएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले जानकारी दिए ।

स्थानीयले मत नहालेको खबरपछि आफू उक्त मतदान केन्द्र पुग्दा कोही पनि मतदाता उपस्थित नभएको पाइएको मुख्य निर्वाचन अधिकृत कोइरालाले बताए ।

त्यहाँका मतदाता नो भोटमा उत्रिएको पाइयो । यो जानकारी आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्तलाई जानकारी गराइसकेको छु’, कोइरालाले रातोपाटीसँग भने ।

‘जनप्रतिनिधिहरू गएर मुचुल्का गरिदिनुभएको छ । कर्मचारीहररू बसिरहनुभएको छ ।

मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रूम्दालीले उक्त मतदान केन्द्रमा ७०१ जना मतदाता रहे पनि कोही पनि मतदानमा सहभागी नभएको बताए । उनका अनुसार प्रदेश सरकारले त्यस क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने भने पनि काम सुरू नगरेको भन्दै स्थानीयहरू विरोधमा उत्रिएर मतदानमा सहभागी नभएको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *