चुनाव प्रचार गर्दा कसैविरुद्ध लाञ्छना लगाए गृह मन्त्रालयले कारबाही गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १०

काठमाण्डौँ । चुनाव प्रचारका क्रममा विभिन्न जिल्लाहरूमा राजनीतिक दल तथा व्यक्तिविरुद्ध लाञ्छना लगाउने घटना भइरहेको भन्दै गृह मन्त्रालयले त्यसबारे ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रालयका अधिकारीहरूसँग त्यसबारे छलफल गरेका छन् । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनविरोधी गतिविधि र दल तथा व्यक्तिहरूविरुद्ध लाञ्छना लगाउने कार्य दण्डनीय भएकाले त्यस्तो गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने निर्णय गरिएको गृह मन्त्रालयकी सहप्रवक्ता ९उपसचिव० रमा आचार्य सुवेदीले रातोपाटीलाई बताइन् ।

गृह मन्त्रालयले निर्वाचन बिरोधी गतिविधि गर्ने, टायर बाल्ने, राँके जुलुस निकाल्ने र सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलगायत घटनामा ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्तै धार्मिक सम्प्रदायबिचको सम्बन्धमा खलल पार्ने र हिंसात्मक गतिविधि गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने उपसचिव सुवेदीले बताइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *