|
२०८३ जेष्ठ १७
काठमाडौं, जेठ १७ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र असन्तुष्टि व्यक्त गर्दै आएका नेताहरूको समूह आज काठमाडौंमा बैठक बस्दैछ।
महामन्त्री डा. धवलशमशेर राणाको नेतृत्वमा हुने बैठक कान्तिपथस्थित एलो प्यागोडा होटेलमा दिउँसो १ बजे सुरु हुने तय भएको छ। छलफलमा उपत्यकामा रहेका असन्तुष्ट पक्षका पदाधिकारी र केन्द्रीय सदस्य सहभागी हुने जनाइएको छ।
बैठकमा पार्टीभित्रका पछिल्ला गतिविधि, नेतृत्वप्रतिको असन्तुष्टि तथा आगामी राजनीतिक कदमबारे समीक्षा गरिनेछ। सामूहिक राजीनामालगायतका विषयमा समेत विचार–विमर्श हुन सक्ने बताइएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्