सर्लाहीमा बँदेलको आक्रमणबाट एकजनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १४

काठमाण्डौँ । सर्लाहीको लालबन्दीमा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१५, पिडखोल्सा बस्ने ३२ वर्षका प्रेमबहादुर थिङ (दावा) को बँदेलको आक्रमणबाट मृत्यु भएको हो ।

बँदेलको आक्रमणबाट घाइते भएका थिङको उपचारका लागि महेन्द्र राजमार्गस्थित लालबन्दी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

प्रहरी टोलीले मध्यराति नै घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *