उप्रेती समाजसेवा समितिले आफ्नो वार्षिक साधारण सभा २०८२ आयोजना गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २३

काठमाडौँ । उप्रेती समाजसेवा समितिले आफ्नो वार्षिक साधारण सभा २०८२ आयोजना गर्ने भएको छ । समितिले एक सूचना जारी गर्दै सम्पूर्ण आजीवन सदस्यहरूलाई उक्त कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेको छ ।

समितिका अनुसार साधारण सभा २०८२ चैत्र २८ गते शनिबार बिहान ११ः३० बजे बत्तिसपुतलीस्थित होटल तपसमा सञ्चालन हुनेछ। उक्त अवसरमा नववर्ष २०८३ को भित्तेपत्रो (क्यालेन्डर) तथा विभिन्न प्रकाशनहरूको सङ्ग्रह लोकार्पण एवं वितरण कार्यक्रमसमेत राखिएको छ।

यसैगरी कार्यक्रममा शुभकामना आदान–प्रदानको विशेष कार्यक्रम पनि समावेश गरिएको समितिले जनाएको छ। उप्रेती वंशज सदस्यहरूलाई समेत कार्यक्रममा सहभागी भई कार्यक्रमको गरिमा बढाउन हार्दिक निमन्त्रणा गरिएको छ।

समितिले साधारण सभालाई सफल बनाउन सबै सदस्य तथा शुभेच्छुकहरूको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *