हिमचितुवाको आक्रमण, २१ भेडाच्याङ्ग्रा मरे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २३

मुस्ताङ – उपल्लो मुस्ताङ, लोमान्थाङ–४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरेका छन् भने सात घाइते भएका छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोष एक्यापका अनुसार, खोरमा ३१५ भेडाच्याङ्ग्रा रहेकोमा आक्रमणबाट १० भेडा र ११ च्याङ्ग्रा मरेका हुन्। प्रारम्भिक मूल्याङ्कन अनुसार क्षति करिब रु ४ लाख ५५ हजार पुगेको छ।

पहिले पनि लोमान्थाङ र घरपझोङमा हिमचितुवाका आक्रमण हुँदा भेडाच्याङ्ग्रामा क्षति भएको थियो। एक्यापले घटनास्थलमा निगरानीका लागि सिसीक्यामेरा जडान गरेको छ र पीडितलाई वन्यजन्तु क्षति राहत उपलब्ध गराउने तयारीमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *