सर्लाहीमा ड्युटीमै बेहोस भएका मतदान अधिकृतको निधन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १९

काठमाडौँ । सर्लाहीमा मतदान अधिकृतका रूपमा खटिएका एक स्वास्थ्यकर्मीको ड्युटीकै क्रममा निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज कुमार राईका अनुसार मृत्यु हुनेमा सर्लाही बरहथवा नगरपालिका(५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा कार्यरत ४२ वर्षीय सिनियर अहेव रघुनाथ महतो रहेका छन् ।

जिगडवा आधारभूत विद्यालय, पर्सा गाउँपालिका-४ मा रहेको मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा कार्यरत रहेका बेला फागुन १९ गते करिब २ बजे महतो अचानक बेहोस भएका थिए ।

बेहोस भएपछि उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि पठाइएको थियो ।

अस्पताल पुर्‍याइएपछि करिब साढे २ बजे चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको अस्पताल स्रोतले जनाएको छ ।

उक्त जानकारी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीमार्फत जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्राप्त भएको प्रहरीले जनाएको छ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट करिब १० किलोमिटर पूर्वतर्फ पर्छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *