काठमाण्डौँ । मिथिला माध्यमिकी परिक्रमाका यात्री दोहोर्याएर भारत पुगेका छन् । पन्ध्र दिने यो परिक्रमामा दोस्रो र तेस्रो दिन भारतको मधुवनी जिल्लाको कल्याणेश्वर (कलना) र गिरिजास्थान (फुलहर) मा बिताएका यात्री फेरि १३ औँ दिन शनिबार भारत पुगेका हुन् ।
यात्राको उत्तराद्र्धतिर १३औँ दिन मधुवनीकै करुणामा शनिबार रात बिताएका यात्री आज आइतबार १४औँ दिन मधुवनीकै बिसौल पुग्दैछन् । बिसौलमा आज परिक्रमाका यात्री मध्याह्नसम्म सबै पुग्नेछन् । आज बिसौलको रात्रिबासपछि अन्तिम अर्थात् १५औँ दिन भोलि सोमबार यात्री जनकपुरधाम पुग्नेछन् । महोत्तरी, धनुषा र मधुवनी जिल्लाका तीर्थस्थलहरूको परिक्रमा गरिने यो यात्रा नेपाल–भारत सांस्कृतिक सम्बन्धको अनुपम उदाहरण भएको सीमा वारिपारिका बासिन्दा बताउँछन् ।
सीमापारिका भारततिर गुप्तामात्र नभएर आम सर्वसाधारण र जनप्रतिनिधिहरू पनि सीमा वारिपारिका नेपाली र भारतीय दुई फरक देशका नागरिक भए पनि दुःखसुख एकआपसमा बाँड्दै आएका बताउँछन् । नेपाल–भारतबीच सांस्कृतिक आदानप्रदानका कैयौँ अवसर छन् ।
यीमध्ये साउन शुक्लपक्षमा मनाइने झुलापर्व, कात्तिक शुक्लपक्षमा मनाइने छठ, मङ्सिर शुक्लपक्षको पञ्चमी तिथिमा मनाइने रामजानकी विवाह महोत्सव, फागुन शुक्लपक्षको मिथिला माध्यमिकी परिक्रमा र होली पर्व मुख्य छन् । यी धार्मिक तथा सांस्कृतिक उत्सवमा नेपाल र भारतका साधुसन्तदेखि घरगृहस्थीका सर्वसाधारणसम्म एकाकार हुँदै आएका नेपालतर्फ महोत्तरीको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल बताउँछन् ।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्