काठमाण्डौँ । विश्वसम्पदा सूचीमा परेका कारण कालोपत्र हुन नसकेको हुलाकी सडकको चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाउने काम थालिएको छ ।
माडी नगरपालिकाको बजेटमा उपभोक्ता समितिमार्फत काम सुरु गरिएको हो ।
वनकट्टा चेकपोस्टनजिक मोज्याक (इन्टरब्लक) बिछ्याउने काम उपभोक्ता समितिमार्फत सुरु गरिएको हो ।
उपभोक्ता समितिका अध्यक्ष विकास ढकालका अनुसार लागत अनुमानमा ३४ मिटर क्षेत्रमा मोज्याक लगाउने भनिएको भए पनि ४२ मिटर सडकमा मोज्याक लगाउन लागिएको छ ।
सात मिटर चौडाइ सडकमा मोज्याक बिछ्याउन लागिएको हो । नगरपालिकाले १० लाख विनियोजन गरेर उपभोक्ता समितिमार्फत पहिलो चरणमा परीक्षणका रूपमा काम सुरु गरेको हो ।
सडकको एकातर्फ कर्भस्टोन लगाइएको छ । अर्कोतर्फको काम शनिबारसम्ममा सम्पन्न गरेर एक साताभित्र मोज्याक टायल बिछ्याउने काम सम्पन्न गरिने उनले जानकारी दिए ।
नगर प्रमुख तारा काजीकुमारी महतोका अनुसार कालोपत्र गर्न नमिलेपछि सडकलाई धूलोरहित बनाउन मोज्याक टायल लगाउन लागिएको हो ।
यसका लागि वन मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई आवश्यक सहजीकरण गरिदिन पत्राचार गरिसकेको छ ।
विभागले चितवन राष्ट्रिय निकुञ्जलाई सडकमा मोज्याक टायल लगाउनका लागि आवश्यक सहजीकरण गर्न पत्राचार गरेको छ ।
प्रमुख महतोले चालु आर्थिक वर्षमा नगरपालिकाले मोज्याक टायलका लागि पाँच करोड ५० लाख विनियोजन गरेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्