गुल्मीमा ४७ वर्षीय पुरुष मृत फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २१

काठमाण्डौँ । गुल्मीको इस्मा गाउँपालिका–२ राजचौर निवासी ४७ वर्षीय निमबहादुर कुमाल मृत अवस्थामा फेला परेका छन् ।

मंगलबार बिहान करिब १० बजे घरबाट तम्घास जान्छु भन्दै हिंडेका थिए ।

उनी सम्पर्कमा नआएपछि आफन्तले खोजतलास गर्दै जाने क्रममा बुधबार बिहान करिब ११ बजे इस्मा–२ स्थित छल्दीपनाह खोलाको कुलोमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी हस्तिचौर गुल्मीबाट प्रहरी सहायक निरीक्षक विनय कुमार श्रीवास्तवको कमाण्डमा टोली खटिएको थियोे ।

थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वत कुमार केसीको कमाण्डमा टोली घटनास्थलमा खटिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *