कास्कीमा म्यादी निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १५

प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि कास्कीमा खटाइने २ हजार ३०३ जना म्यादी निर्वाचन प्रहरीको तालिम आइतबारदेखि सुरु हुने भएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार छनोटमा परेका म्यादी प्रहरीलाई आइतबार नियुक्ति दिई १० दिनको तालिममा सहभागी गराइनेछ। वैकल्पिक सूचीमा परेकालाई स्याङ्जा खटाउने तयारी पनि गरिएको छ।

म्यादी निर्वाचन प्रहरीको कार्यअवधि ४० दिनको रहनेछ। निर्वाचन सुरक्षाका लागि कास्कीमा म्यादी प्रहरीसँगै तीनवटै सुरक्षा निकायका करिब दुई हजार सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *