काठमाण्डौंको जमलमा तीन वटा सवारी आपसमा ठोक्किएर दुर्घटना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १३

काठमाण्डौँ । काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि तीन वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

मंगलबार केहीबेर अघि मोटरसाइकल, स्कुटर र एउटा माइक्रो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

उनका अनुसार, दुर्घटनामा परेर एक जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको एसपी भट्टराईले बताए ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *