गौरीबहादुर नेतृत्वको जाँचबुझ आयोगको म्याद दोस्रो पटक थपिने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ७

काठमाण्डौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद दोस्रो पटक थप्ने तयारी भएको छ ।

आयोग गठन गर्दा सुरुमा ३ महिनाको समय दिएर घटनाको जाँचबुझ गरी प्रतिवेदन तयार पार्न भनिएको थियो । तर उक्त समयमा आयोगले काम नसकेपछि एक महिना म्याद थप गरिएको थियो । थपिएको म्याद पनि यही माघ ८ गते बिहीबार सकिँदै छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अध्यक्ष कार्कीले यसबारे प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर काम नसकिएकाले आयोगले गरेका काम र बाँकी कामबारे जानकारी गराएका थिए । आयोग अध्यक्ष कार्कीको आग्रहलाई प्रधानमन्त्री कार्कीले भने कुनै जवाफ दिइसकेकी छैनन् ।

आयोगले भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धितहरूको बयान सकेर प्रतिवेदन लेखनको काम ८० प्रतिशत जति सकेको बताइएको छ । गत असोज ८ गतेदेखि काम थालेको आयोगले तोकिएको तीन महिना सकिएपछि पुसमा एक महिना थपिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *